ललितपुर । बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ। मिलाप पब्लिकेशन र अनेसास दर्पणको संयोजनमा आइतबार कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल सभापतित्वमा रहनुभएको थियो।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार प्रगति राई, उपन्यासकार एवं सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतले कृतिको समीक्षा र शुभकामना व्यक्त गरे। केदार सङ्केतले भिडियो कलमार्फत आफ्नो लेखकीय मन्तव्य प्रस्तुत गर्दै पाठकको प्रतिक्रिया नै ठूलो पुरस्कार भएको बताए।
कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार लगायतको साहित्यिक उपस्थितिले कार्यक्रमको भव्यता थप्यो।






१४ पुष २०८२, सोमबार १५:३४ 








