काठमाडौँ । अमेरिकामा बस्दै आएका कलाकार भुवन लोहनीले नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ को छायांकन सकाएका छन्। गीत भुवन लोहनीकै शब्दमा तयार भएको हो भने संगीत संयोजन दीपक शर्माले गरेका छन्। चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको गीतमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय देख्न पाइने छ।
सुरेन्द्र बसेलको निर्देशन र कोरियोग्राफीमा तयार गरिएको भिडियोमा लमजुङको पर्यटकीय केन्द्र घलेगाउँका दृश्य समेटिएका छन्, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको छ। भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् भने निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन्।
भुवन लोहनीले विदेशमा रहेपनि नेपाली संगीतप्रतिको प्रेम कहिल्यै घट्न नदिएको उल्लेख गर्दै, केही दिनभित्र भिडियो सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिएका छन्। यो लोहनीको आठौँ म्युजिक भिडियो हो र यसमा उनले आफैं गीत लेखनसमेत गरेका छन्। दर्शकहरूले छिट्टै रिलिज हुने भिडियोमा उनको प्रस्तुती मन पराउने अपेक्षा गरिएको छ।






१४ पुष २०८२, सोमबार १७:१४ 








