पूर्वी नेपालमा दर्शक साक्षात्कार सकियो, ‘बिगुल’को लोकगीत ‘बनको कोइली’ सार्वजनिक

...

काठमाडौँ ।  प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रबिगुलको प्रचारप्रसार तीव्र बनेको छ। ९ माघबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले पूर्वी नेपालमा आयोजना गरेको दर्शक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ। निर्देशक रमेश कोइराला र निर्माता तथा कथाकार दिनेश कोइराला ले विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौडा र चितवनसम्म पुगेर दर्शकमाझ प्रत्यक्ष भेटघाट गरेका थिए।

मोफसल दौडासँगै निर्माण टिमले फिल्ममा समावेश लोकभाकाको गीतबनको कोइली बनैमा रमायोसार्वजनिक गरेको छ। गीतमा यशराज गचर र ऋचा थापा फिचर्ड छन् भने स्वर मनिष चौधरी र शान्तिश्री परियारको रहेको छ। शब्द, संगीत मनोज चौलागाईंको तथा कोरियोग्राफी कमल राईको छ।

समसामयिक राजनीति, सामाजिक न्याय, हकअधिकार र पारिवारिक दायित्वको कथामा आधारितबिगुलमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, रविन्द्र खड्कालगायत कलाकारको अभिनय रहेको छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। पूर्वी नेपालपछि निर्माण टिम अब मध्य तथा पश्चिम नेपालमा प्रचार अभियानमा निस्किने तयारीमा रहेको जनाएको छ।