नायिका शिखाले गरीन् आत्महत्या

...

जेठ, काठमाडौं । नायिका तथा मोडल शिखा जोशीले आत्महत्या गरेकी छिन् । मुम्बईमा रहेको आफ्नो फ्ल्याटमा आफुलाई चक्कु प्रहार गरी आत्महत्या गरेको समाचार बाहिर आएको छ । ४० वर्षे नायिका शिखाले २०१२ मा प्रदर्शन भएको फिल्म ‘बीए पास’मा छोटो भुमिका निभाएकी थिईन् ।

sikha joshi - sucide

प्रहरीका अनुसार शिखाले आत्महत्या गरेको तर कुनै पनि सुसाईट नोट भने लेखेकी छैनिन् । शिखा एक महिला सँग फ्ल्याटमा बस्दै आएकी थिइ्न । ति महिलाले बताए अनुसार उनले ढोका ढक्ढक् गरेको तर धेरै बेर नखुलेपछि आफ्नै चाबिले ढोका खोलेको र भित्र शिखालाई रगताम्मे अवस्थामा फेला परेको बताईन् । शिखाको घाँटीमा चक्कु रहेको उनले बताइन् । त्यसपश्चत ति महिलाले तत्काल शिखालाई अस्पताल लगेको र अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।