कुशल पोखरेलको ‘फोन नगर’ सार्वजनिक, ‘रमिताको पिरती’ प्रवर्द्धनका लागि बुटवल कन्सर्ट

...

काठमाडौं । लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली चलचित्ररमिताको पिरती’’का लागि तयार पारेको गीतफोन नगरसार्वजनिक भएको छ । माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत गीत पहिलो पटक सार्वजनिक गरिएको हो । माघ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको प्रवर्द्धनका लागि आयोजित कन्सर्टमा कुशलले गीत प्रत्यक्ष प्रस्तुत गरेपछि भिडिओ समेत देखाइएको थियो ।

पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले लगायत कलाकारले प्रस्तुति दिएका थिए । कुशलको प्रस्तुति पछि दर्शकलेवान्स मोरभन्दै उत्साह प्रकट गरेका थिए ।

गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलको छ भने संगीत निर्माण चर्चिल भुसालले गरेका हुन् । मिक्सिङ र मास्टरिङ केपासको रहेको गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायांकन र सम्पादनमा बनेको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ ।

ब्रेकअप स्टोरीमा आधारित गीतफोन नगरकेटीको दृष्टिकोणबाट तयार गरिएको कुशलले बताए । युवापुस्ताको भावनालाई समेटिएको यो गीतप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।

सुदिप्ताको निर्देशनमा बनेको चलचित्ररमिताको पिरतीमा आना शर्मा र समीर श्रेष्ठ मुख्य भूमिकामा छन् । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् । फिल्ममा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्र माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।