१४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल सम्पन्न, ‘अञ्जिला’ र ‘द मंकी’ सर्वोत्कृष्ट

...

काठमाडौँ । चलचित्र विकास बोर्डको सहकार्य र कलेज अफ मास कम्युनिकेशन तथा बिलक्षण क्रियशनको संयुक्त आयोजनामा सम्पन्न १४औँ नेपालअफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल (NFAIFF) मा चलचित्रअञ्जिलार इजिप्टकोद मंकीसर्वोत्कृष्ट घोषित भएका छन्।

नेपाल पानोरामा अन्तर्गत अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त क्रमशः चलचित्रपरानकोशेढुङ्गाबाट उत्कृष्ट अभिनेताअभिनेत्री बने। सोमबार साँझ चलचित्र विकास बोर्डमा सम्पन्न समापन समारोहमा नेशनल पानोरामा २० र इन्टरनेशनल पानोरामा ६ गरी कुल २६ विधामा अवार्ड प्रदान गरियो।

नेपाल पानोरामामाअञ्जिलाले उत्कृष्ट चलचित्रसहित चार विधामा अवार्ड जित्यो। यसै चलचित्रबाट मिलन चाम्स उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठ उत्कृष्ट सहअभिनेत्री र थानेश्वर गौतमरात किन हुन्छगीतबाट उत्कृष्ट संगीतकार बने।कोशेढुङ्गाले चार रपरानले तीन विधामा अवार्ड प्राप्त गरे।

इन्टरनेशनल पानोरामातर्फ बेष्ट अफ्रिकन फिल्मको अवार्ड इजिप्टकोद मंकीले जित्यो। बेष्ट इन्टरनेशनल फिचर बंगलादेशकोमेमोरिज अफ ग्लोमी मनसुन’, सर्ट फिल्म भारतकोब्ल्यूर डकुमेन्ट्री युक्रेनकोनट स्ड्युलेड अर फाइटिङ टु लर्नलाई प्रदान गरियो।

चार दिनसम्म चलेको फेष्टिवलमा नेपालसहित २० देशका फिचर, सर्ट र डकुमेन्ट्री गरी ४३ चलचित्र सहभागी थिए। महोत्सवमा चलचित्र प्रदर्शनसँगै फोटो प्रदर्शनी र नृत्य प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो।