चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक, देबेन्द्र–रोशनीको प्रेमिल केमेस्ट्री

...

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको चलचित्रबुकीको पहिलो गीत तिमी मैसँग भई राख है सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्कीको भावनात्मक केमेस्ट्री आकर्षक देखिएको छ। प्रेम र यात्राको कथामा आधारित गीतले दुई पात्रबीचको आत्मीयता, नोस्टाल्जिया र अन्त्यतिरको पीडालाई कलात्मक रूपमा प्रस्तुत गर्छ।

देबेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ। भिडियोमा बाग्लुङको ढोरपाटन तथा आसपासका हिमाली भेगका सुन्दर दृश्य, सडक यात्रा र ड्रोन सटहरूलेट्राभल ब्लगजस्तो जीवन्त अनुभूति दिन्छ। देबेन्द्रको परिपक्व अभिनय र रोशनीको भावुक प्रस्तुतीले गीतलाई अझ प्रभावशाली बनाएको छ, जसलेबुकीगम्भीर र भावनात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुतिबुकीमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता, प्रकाश आले र राजन केसी कार्यकारी निर्माता तथा राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर छन्। विकास गन्दर्भ डीओपी र भुपेन्द्र अधिकारी सम्पादक रहेका छन्। चलचित्र २०२६ भित्र देशभर रिलिज गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।