काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नियात्रा सङ्ग्रह ‘फकलीको गाउँ’ को अंग्रेजी संस्करण सार्वजनिक भएको छ । नेपालका ७० भन्दा बढी जिल्ला र विदेशका विभिन्न स्थान भ्रमणका क्रममा देखेका, सुनेका र अनुभूत गरेका अनुभवलाई समेटेर तयार गरिएको यो कृतिमा २२ वटा यात्रा संस्मरण समावेश छन् ।
महाकाव्यकार खेमनाथ दाहालका अनुसार कृतिमा लेखकले बाल्यकालदेखि अवकाश जीवनसम्मका अनुभवलाई सरल, तथ्यपरक र ज्ञानवर्द्धक शैलीमा प्रस्तुत गरेका छन् । अंग्रेजी संस्करणको माग बढेपछि पुस्तक प्रकाशित गरिएको लेखक पोखरेलले बताए ।
२२४ पृष्ठको यस कृतिमा खेमनाथ दाहालको भूमिका रहेको छ भने नेपाली संस्करणको सम्पादन पत्रकार तथा लेखक कृष्ण भुसालले गरेका थिए । पुस्तक आशिष पोखरेलले प्रकाशन गरेका हुन् र मूल्य ४५० रुपैयाँ तोकिएको छ ।







२३ माघ २०८२, शुक्रबार १५:३८ 











