६८ वर्षका कलाकार सुनिल थापाको निधन

...

काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा गरिएको ईसीजी परीक्षणबाट उनको मृत्यु भएको पुष्टि भएको हो । अस्पताल स्रोतले भनेको छ, “अस्पतालमा ल्याउँदा नै उहाँ अनकन्सियस अवस्थामा हुनुहुन्थ्यो । कार्डियाक अरेस्ट भएको अनुमान छ । अस्पताल आइपुग्ने बित्तिकै ईसीजी गरिएको थियो र ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयो।

हाल थापाको परिवार मुम्बईबाट काठमाडौँ आउँदै गरेको जनाइएको छ । परिवार आइपुगेपछि मात्रै अन्त्येष्टि कहिले गर्ने भन्नेबारे टुंगो लाग्ने बताइएको छ ।