काठमाडौं । साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा लोकार्पण गरिएको छ। मिलाप पब्लिकेशनको आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्राडा. यज्ञश्वर निरौलाले कृतिको समीक्षा गर्दै संग्रहका अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको र नेपाल तथा अमेरिका दुवै परिवेशका जनजीवनलाई समेटिएको बताउनुभयो। उहाँले समाजका विविध विषयलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको धारणा व्यक्त गर्नुभयो।

लोकार्पण समारोहमा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान समेत प्रदान गरिएको थियो। २०० पृष्ठको यस कृतिमा २९ वटा कथा समावेश छन् भने पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ। मिलाप पब्लिकेशनद्वारा प्रकाशित र ई.प्रेस प्रालिद्वारा मुद्रित ‘प्रेमाश्रु’ प्रेम र मानवीय संवेदनामा केन्द्रित कथासङ्ग्रह हो।







२७ माघ २०८२, मंगलवार १२:३४ 











