‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक

...

काठमाडौंछायाङ्कनको तयारीमा रहेको चलचित्रजिरो डिग्रीको व्यङ्ग्यात्मक गीतअरे हो नेता जीसार्वजनिक भएको छ। मङ्गलवारमुभिज् डिजीटेन्मेन्टयुट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारी को स्वर रहेको छ। संगीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्ले ले लेखेका छन्।

गीतको भिडियोमा विजय बराललाई प्रस्तुत गरिएको छ। यस गीतले आम नागरिकले विकास र निर्माणसम्बन्धी प्रश्न गर्दा नेताहरूले दिने टालटुले जवाफ रयही हो विकासभन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। चलचित्रजिरो डिग्रीमेघौली फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ। कथावस्तु निकै मौलिक छ: सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान शव सुरक्षित राख्नडीप फ्रिजबोकेर गाउँ भित्र्याउँछन्। त्यसपछि उत्पन्न हुने उथलपुथलपूर्ण घटना र डार्क कमेडी शैलीमा फिल्म निर्माण भएको छ। निर्देशकका अनुसार कथा केवल फ्रिज गाउँ पुर्याउने घटनामा सीमित छैन, यसले समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास पनि गर्छ।

चलचित्रको निर्देशन, पटकथा तथा संवाद आकास बराल र साजन काफ्ले ले गर्दैछन्। कथाकार राजन भुसाल पनि चलचित्रमा अभिनय गर्दैछन्। कार्यकारी निर्माता मोती कार्की रहेका छन्। छायाङ्कन निशाल पौडेल ले गर्नेछन् भने सम्पादन चानस मगर र कला निर्देशन रिक वेद ले सम्हाल्नेछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन्। चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसन मार्फत हुनेछ।