जनकपुरबाट सुरु भयो ‘भटभटे’, ‘भ्वाइस अफ नेपाल’ फेम् लक्ष्मण पौड्यालको डेब्यू एक्सन-कटगर्दै

...

काठमाडौंलोकप्रिय टिभी रियालिटी शोभ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्याल आफ्नो डेब्यू निर्देशनमाभटभटेकोछायाँकन धमाधम जनकपुरमा सुरु भएको छ ।

रोमाञ्चक प्रेम र सामाजिक विषय समेटिएको फिल्मको छायांकन आइतबारदेखि  महाशिवरात्रिको पावन अवसर पारेर जनकपुरबाट सुरु भएको हो ।  जनकपुरको सहरी क्षेत्रका अलावा बगडा सहित लोहारपट्टी क्षेत्रमा समेत फिल्मको शूटिङ हुनेछ।

फिल्ममा मुख्य भूमिकामा अञ्जना बराइली, ‘कार्टुन्ज क्रूका सविन कार्की, रविन्द्र झा र प्रमोद अग्रहरीको अभिनय रहनेछ।

फिल्मको कथाकार प्रसिद्ध साहित्यकार नयनराज पाण्डे हुन भने पटकथा पौड्यालले स्वयं लेखेका हुन्। कथाकार चर्चित आख्यानलुउलारका लेखकसमेत हुन् । मोटरसाइकलसँग हरेक नेपाली युवाको इच्छा जोडिएको हुन्छ । यो पाउन उसले संघर्ष गर्नुपर्छ । सवारी साधन मात्र नभएर मोटरसाइकलसँग भावना पनि जोडिएको हुन्छनिर्देशक लक्ष्मणले भने, ‘तराई तिर यसलाई भटभटे पनि भन्छन् । तराईमा बाइकलाई दाइँजोको रुपमा धेरैले चिन्छन् । यी सबै समेटेर कथा तयार भएको हो ।

फिल्ममा खेम सेन्चुरी, प्रमोद खरेल, प्रशान्त शिवाकोटी, करणराज कार्कीको संगीत हुनेछ । अर्जुन तिवारी फिल्मका सिनेम्याटोग्राफर हुन् । यस्तै फिल्मको निर्मातामा व्यवसायी सुरेश कार्की र सदिच्छाआचार्य रहेका छन् भने फिल्मको बजेट ३४करोड रुपैयाँ रहनेछ।

फागुन १८ सम्म शूटिङ गर्ने योजनासहित, चुनावको कारण एक हप्ता ब्रेक राखिने छ। फागुन २६ देखि पुनः शूटिङ सुरु हुनेछ।

bhatbhate nepali movie