काठमाडौं — नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र विकास बोर्डले मातृभाषी तथा आदिवासी जनजाति चलचित्रको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १४ वटा जातीय चलचित्रसम्बन्धी संघ–संस्थासँग सम्झौता गरेको छ।
बोर्डअन्तर्गतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा निर्देशन, छायांकन, अभिनय, कथा लेखन, कार्यशाला तथा चलचित्र महोत्सव सञ्चालनका लागि कुल ४१ लाख ९५ हजार रुपैयाँ बजेट स्वीकृत गरिएको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस पहललाई समावेशी चलचित्र विकासतर्फको महत्वपूर्ण कदम बताउँदै मातृभाषा र सांस्कृतिक पहिचान संरक्षणमा बोर्ड प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।







९ फाल्गुन २०८२, शनिबार १३:१३ 











