पारसमा निरुतापछि सुशीलको इन्ट्री

...

काठमाडौंनिर्देशक कृषा चौलागाइँको निर्देशनमा बन्ने फिल्म पारसमा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन्। यसअघि निर्माण टिमले अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको थियो।

फिल्ममा यसअघि नै निखिल उप्रेती नायकका रूपमा अनुबन्ध भइसकेका छन् भने नायिकामा जसिता गुरुङ र प्रियंका कार्की पनि रहनेछन्। प्रेमकथामा आधारित पारसको कथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्, जो Gangs of Wasseypur भाग १ र २ का सहपटकथाकारसमेत हुन्। निर्माण पक्षले निर्वाचनपछि छायांकन सुरु गर्ने तयारी गरेको छ।