राम नाम सत्यको ‘धागोले बाटेको’ सार्वजनिक, रोमान्टिक अवतारमा विराज भट्ट र सुपुष्पा भट्ट

...

काठमाडौँ । यही चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र राम नाम सत्यको पहिलो गीतधागोले बाटेकोसार्वजनिक गर्दै निर्माण टिमले औपचारिक प्रचार सुरु गरेको छ। चलचित्र माइकल चन्द’को निर्देशनमा बनेको हो। सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ। गीतका शब्द डा. डीआर उपाध्यायले लेखेका हुन् भने संगीत बाबुल गिरीकै छ।

रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ। सार्वजनिक भिडियोमा दुवै कलाकार रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्।

चलचित्रका क्रियटिभ प्रोड्यूसर मोती कार्की हुन् भने लाइन प्रोड्यूसर राजेन्द्र आचार्य रहेका छन्। यस फिल्ममा संगीततर्फ बाबुल गिरीसँगै अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको पनि सहभागिता छ।

माइकल चन्दकै कथा तथा पटकथामा बनेको यस चलचित्रको डीओपी मानकृष्ण महर्जन हुन्। एक्सन निर्देशन श्री श्रेष्ठले गरेका छन् भने सम्पादन बन्दे प्रसादको छ। ब्याकग्राउन्ड म्युजिक काला चरणले दिएका हुन्।

कोरियोग्राफी सियोन श्रेष्ठको रहेको छ। कलर राजेन्द्र मोक्तानले गरेका छन् भने मुख्य निर्देशनमा नवराज शर्मा रहेका छन्। टिजर तथा ट्रेलर साहिल खानले तयार गरेका हुन्। स्क्रिप्ट सल्लाहकारमा अभिमन्यू निरवी र समय थपलिया रहेका छन्।

पर्दा पछाडिको पर्दाभन्ने थिम बोकेको यो फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापालगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथाको संयोजनमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।