सितार वादक हिमालयन सितारले ल्याए  ‘वेदांशी’

...

काठमाडौँ । सितार वादक हिमालयन सितारलेवेदांशीनामक गीत रिलिज गरेका छन् । सार्वजनिक  वेदांशी   गीत  ‘श्रुतीनामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्डसेरो डुओसँग सहकार्य  गरेका छन् । ७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् ।

सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोर्टीफाई लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाकाहिमालयन सितारको वास्तविक नाम उत्तम घोष हो । उनी  हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई  संसारभार चिनाउन चाहान्छन् ।