तितो सत्यमा अबदेखि राजलाई देख्न नपाईने

...
tito satya family
असार, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रत्येक बिहिबार राती प्रसारण हुँदै आएको श्रृंखला तितो सत्यमा राजलाई देख्न नपाईने भएको छ । तितोसत्यमा दिपक र दिपाको छोरा बनेर अभिनय गर्दै आएका राज उच्च शिक्षा हासिल गर्ने क्रममा सि. ए. अध्ययनका लागि भारत गएका छन् । तितो सत्यका निर्माता तथा निर्देशक दिपकराज गिरीले सि. ए. बन्ने उद्धेश्यले अध्ययनका लागि भारत लागेकोमा शुभकामना समेत दिएका छन् । साथै उनले तितो सत्यको परिवारको एक सदस्य बाहिँरीदा सधै मिस गरीरहने कुरा समेत आफ्नो फेसबुकबाट जनाएका छन् । तीतो सत्यको सेटमा हाम्रा आंखाहरूले तिमिलाई  यता उता खोजिरहने छन् । कहि केहि नभए जस्तो, केहि हराए जस्तो । केहि नपुगे जस्तो
तर तिम्रो लक्ष हाम्रो ममता भन्दा धेरै गुणा महत्वपूर्ण छ । तिम्रो भबिष्य अनि देशले पाउने भोलिको एक सक्क्षम सि.ए. लाइ हाम्रो पुत्र प्रेमले रोक्न सक्दैन, उनले लेखेको छन् ।
राज आचार्य तिन कक्षा पढ्दा बाट नै तितो सत्यमा अभिनय गर्दै आएका थिए । साथै उनल एस.एल.सीमा ९१ प्रतिशत ल्याएर उर्तिण भएका थिए  । राज हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्देशक शंकर आचार्यका छोरा हुन् ।
आर्टिस्ट खबरको तर्फबाट राजलाई धेरै धेरै शुभकामना