काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको चलचित्र ‘बुकी’को वर्ल्ड प्रिमियर जापानको ओसाकामा हुने भएको छ। निर्माण पक्षका अनुसार मे ६, २०२६ मा मिनातो कुमिन सेन्टरमा विशेष प्रदर्शन गरिनेछ।
पोस्टरमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार चलचित्र खेलकुद, विशेषगरी महिला भलिबल र संघर्षको कथामा आधारित छ। चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरे मुख्य भूमिकामा छन्।
काठमाडौं, पोखरा र ढोरपाटन क्षेत्रमा छायांकन गरिएको ‘बुकी’लाई सन् २०२६ भित्र नेपालभर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।




२ बैशाख २०८३, बुधबार १८:१७ 










