सानीयाले खोलिन डान्स स्टुडियो

...

काठमाडौँ । अभिनेत्री सानीया खानले काठमाडौ,नागार्जुन १,रानीबनमा स्काइ डान्स स्टुडियो संचालनमा ल्याएकी छिन । नेपाली लोक,आधुनीक,पप डान्स,जुम्बालगायत सबै प्रकारका नृत्य क्लास दिइने स्टुडियोको बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

सबै उमेर समुहका नृत्य प्रेमीहरुका लागि विभिन्न कोर्सको ब्यबस्था गरिएको स्टुडियोको चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए । सानियालाई शुभकामना दिन नायक सबिन श्रेष्ठ,निर्देशक लक्ष्मण सुवेदी,राज बस्न्यात,रामेश्वर बुर्लाकोटी,पनाह अधिकारीलगायतका कलाकर्मी स्टुडियोमा उपस्थित थिए ।

नेपालको पहिलो खान अभिनेत्रीका रुपमासमेत परिचित सानीयाले डोली,कुइनेट,दुर्गामाण्डु अनि हिड्दा हिड्दै लगायतका फिल्म र थुप्रै म्युजीक भिडियोमा अभिनय गरेकी छिन । कलाकारिता प्रतिको असीम मोहका कारण नृत्यमा नयाँ प्रतिभाहरु जन्माउने उद्देश्यले डान्स स्टुडियो स्थापना गरेको उनी बताउछिन ।