विवाद आएपछि मनोज गजुरेलले माफी मागे

...

काठमाडौँ । कमेडी दरबारका मनोज गजुरेलले माफी मागेका छन् । चर्चित शो कमेडी दरबार सिजन ३ को घोषणा कार्यक्रममा उनले राजाको पोशाक लगाएका थिए । पुर्वराजा जस्तो देखिने पोशाक लगाएर गएका थिए । जब त्यो फोटो सामाजिक सन्जालमा आयो, मनोज गजुरेलले खाली खान थाले । सामाजिक सन्जालमा आलोचना पनि भयो ।

विवाद चर्किएपछि उनले सामाजिक सञ्जालमार्फत नै आधिकारिक रूपमै माफी मागेका छन् । उनले आफ्नो भनाइ सार्वजनिक गर्दै कार्यक्रमको उद्देश्य कसैको भावना आहत पार्ने नभएको स्पष्ट समेत पारेका छन् । मनोज गजुरेलले हाम्रो उद्देश्य कसैको मान मर्दन गर्ने वा भावनामा चोट पुर्‍याउने कदापि थिएन । कार्यक्रमको थिम अनुसार, कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र प्रस्तुत गरिएको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमीकमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौं । भनेका छन् ।
उनले नेपालका सांस्कृतिक गरिमाहरु, ऐतिहासिक धरोहरहरु र राष्ट्रिय सम्पदाका विषयमा हास्यव्यङ्ग्य गर्दा आगामी दिनमा थप सचेत र जिम्मेवार हुनेछौं भनेका छन् । कमेडी दरबारको तेस्रो सिजन आउँदैछ । तेस्रो सिजनको दुईवटा एपिसोडको सुटिंग समेत भइसकेको छ । अब प्रसारण हुन मात्र बाँकी छ । निर्माण टिमका अनुसार भोली बैशाख ४ गतेबाट प्रसारण हुने भनिएको थियो तर अहिले निर्माण टिम भोलीबाटै प्रसारण गर्न सकिदैन कि भन्ने मनसायमा पुगेका छ । किनकी सुटिंग पछिको सम्पादनको काम नसकिएको र प्राविधिक रुपमा केहि समस्या आएकाले अर्को साताको शुक्रबारबाट प्रसारण हुने सम्भावना बढेको छ ।

यद्यपी कमेडी दरबारको टिजर सार्वजनिक हुनेछ र त्यो टिजरमै आधिकारीक रुपमै अर्को मिती घोषणा भने गरिनेछ । आउदै नआउने होइन् एकसाता मात्रै पछि धकेलिने हो । श्रृद्धा प्रसाईं र बिक्की अग्रवालले निर्देशन गर्दै आएको कमेडी दरबारमा यो पटक रानीको रुपमा अभिनेत्री दिया मास्के भित्रिएकी छिन् । यस्तै अन्य कमेडियनहरु पनि भित्रिएका छन् । सेटमा पनि केहि परिवर्तन गरिएको छ ।
.. .