काठमाडौँ । गायक यम बराल र गायिका सरिता भारतीको स्वरमा नयाँ गीत ‘सधैँ तिमी’ सार्वजनिक गरिएको छ । गीतमा डब्बु क्षत्रीको शब्द छन् भने डब्बुले नै भिडियोको निर्देशन गरेका छन् । निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई ओम सुनारले संगीत तथा संगीत संयोजन गरेका हुन् । यो गीतको भिडियो पनि गीतकार क्षत्रीले नै निर्देशन गरेका हुन् । निकै रिसाउने प्रेमिकासँग प्रेमीको नोक झोक र प्रेमलाई गीत र भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई बंगलादेशको बोगुराको पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो । बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने क्रममा त्यहाँ यो गीतको भिडियो छायांकन गरिएको गीतकार क्षत्रीले बताए ।
गीतको भिडियोमा गायिका एवम् मोडल सरिता भारती र अभिनेता प्रवण भुसालले अभिनय गरेका छन् । उनीहरूको जोडी यो भिडियोमा पनि त्यत्तिकै सुहाएको छ । गीतलाई एसबि क्रिएसनको अफिसियल पेजबाट सार्वजनिक गरिएको हो । विलक्षण क्रियसनको प्रस्तुत रहेको यो गीतको भिडियोलाई बंगलादेशका छायांकार सरकार सुजनले खिचेका हुन् । जसमा अजय दास र जियाद खन्डोकरको ड्रोन रहेको छ । वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा लोकेस भाटको ग्राफिक्स रहेको यो गीतको भिडियोका निर्मातामा युविका बुढाथोकी रहेकी छिन् ।
गीतकार क्षत्रीको अनुसार यो गीतमा नेपाली मौलिक ठेट शब्दहरू प्रयोग गरिएको छ । लोक लयमा आधारित भएको कारण पनि आफूले झर्रा शब्दहरूलाई महत्त्व दिएको पनि गीतकार क्षत्रीले बताए ।




३ बैशाख २०८३, बिहीबार १६:४८ 










