काठमाडौं । ग्याङ्स्टर जनरामा निर्माण भएको चलचित्र ‘पारी बुटोले’को दमदार टिजर सार्वजनिक गरिएको छ । गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्रको टिजरले मुख्य पात्रहरूको लुक्स र कथावस्तुको झलक दिएको छ ।
चलचित्रले युवाहरूको संघर्ष, परिवार र सफलताको दौडमा हुने चलखेललाई यथार्थपरक ढंगले प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ । बुटवलका वास्तविक स्थानमा छायांकन गरिएको फिल्मले स्थानीय परिवेशलाई जीवन्त रूपमा देखाउने विश्वास गरिएको छ ।
ल्याक्सी श्रेष्ठको निर्माण रहेको चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । निर्माण टिमले ‘पारी बुटोले’ले नेपाली सिनेमामा नयाँ छाप छोड्ने अपेक्षा गरेको छ ।




६ बैशाख २०८३, आईतवार १६:२७ 










