चलचित्र पत्रकार संघ नेपालमा समीर बलामी पुनः अध्यक्ष र गोपिकृष्ण चापागाईं महासचिवमा निर्वाचित

...

काठमाडौं चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले नयाँ नेतृत्व चयन गर्दै संगठनको नेतृत्व पुनः समीर बलामीलाई सुम्पिएको छ ।

काठमाडौंमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वी जीवन कुमार पराजुलीलाई पछि पार्दै ९५ मत प्राप्त गरे ।

निर्वाचनमार्फत उपाध्यक्षमा रघुनाथ सापकोटा, कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य (निर्विरोध) र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्वाचित भएकी छन् । महासचिवमा गोपिकृष्ण चापागाईं विजयी भएका छन् ।

त्यस्तै, सचिवमा मदन रिजाल, समावेशी सचिवमा महम्मद जालिम (निर्विरोध), कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

सदस्य पदमा आठ जना निर्विरोध चयन भएका छन् भने संघको विधानअनुसार थप दुई जना सदस्य मनोनीत गरिने जनाइएको छ ।