काठमाडौँ । यही वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’को नयाँ गीत झ्याम पारम सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक दुई गीतपछि निर्माण टिमले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर ल्याएको हो ।
गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ भने शब्द राजेन्द्र थापा र संगीत राजनराज शिवाकोटीको रहेको छ ।
भिडियोमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यको विशेष उपस्थिती देख्न सकिन्छ ।
प्रकु पाण्डेय निर्देशित चलचित्र मालती मंगले वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।





८ बैशाख २०८३, मंगलवार १४:३५ 










