काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गुरु आमा’मा समावेश ‘मन मान्दै मानेन’ सार्वजनिक गरिएको छ । यहि वैशाख २५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक गीत मर्मस्पर्शी छ । गीतले चलचित्रको कथाको केहि झलक प्रस्तुत गरेको छ । एक गुरु र बिद्यार्थी बिचको कथालाई चलचित्रले उठाएको छ । गीतमा पनि त्यो अनुसारको दृश्य देख्न सकिन्छ ।
प्रेम सोनी सुनार युट्युव च्यानलमा सार्वजनिक गीतमा समिक्षा अधिकारीको स्वर छ भने बिबि अनुरागीको शब्द, संगीत, संगीत संयोजन रहेको छ । चलचित्रका यसअघि पोस्टर सार्वजनिक भइसकेका छन् । चलचित्रमा गुरु आमाको रुपमा मिथिला शर्मालाई देख्न सकिन्छ । चलचित्रमा मिथिलासँगै गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु लगायतको अभिनय रहेको छ ।
चलचित्रका कथा, निर्देशक र निर्माण प्रेम सोनी सुनारको रहेको छ । चलचित्रको लेखन शुशिल पंगेनीले गरेको हुन् । फिल्ममा लगानी प्रेमसँगै सीता विश्वकर्माको रहेको छ । यिस्तै कार्यकारी निर्मातामा प्रसाना गहतराज, अप्सन गहतराज र सीता बिकेको रहेका छन् । फिल्मको सहायक निर्देशक योगेन्द्र कार्की हुन् भने मुख्य सहायक निर्देशक भने सुदिप कुँवर हुन् ।





११ बैशाख २०८३, शुक्रबार ०८:२९ 










