तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न, कर्णालीलाई ‘सुटिङ हब’ बनाउने जोड

...

सुर्खेत । वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ।घुमौँ कर्णाली, हेरौँ कर्णालीतथाजनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्रभन्ने नारासहित सम्पन्न महोत्सवले कर्णालीको कला, संस्कृति, पर्यटन र चलचित्र क्षेत्रको सम्भावनालाई उजागर गरेको छ।

चलचित्र विकास बोर्डको सक्रिय सहकार्यमा सम्पन्न महोत्सवमा कर्णालीलाई छायाङ्कन गन्तव्य, कथा विकासको स्रोतभूमि तथा चलचित्र पर्यटनको केन्द्रका रूपमा अघि बढाउने विषयमा विशेष जोड दिइएको थियो। महोत्सवका क्रममा कर्णाली प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि नीति तथा बजेटगत प्रतिबद्धता जनाएको छ।

यसै अवसरमा चलचित्र कथा प्रतियोगिताको शुभारम्भ गरिएको छ, जसले कर्णालीको भूगोल, भाषा, संस्कृति र जनजीवनलाई चलचित्र कथाको स्रोतका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। साथै, सल्यानको कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन समारोहसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, मन्त्री राजिव विक्रम शाह, सांसद ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी लगायत चलचित्रकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। आयोजकले महोत्सवले कर्णालीलाई चलचित्र, पर्यटन र सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने सन्देश दिएको बताएका छन्।