‘रोल नं १’को टाइटल सङ सार्वजनिक, शिक्षा प्रणालीमाथि कडा प्रश्न उठायो

...

काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्ररोल नं १को टाइटल सङ सार्वजनिक गरिएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ।

सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुनेर्याङ्किङको दबाबलाई मुख्य विषय बनाएको छ। गीतमा ग्रामीण भेगका एक बालकको कथामार्फत पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि प्रश्न उठाइएको छ।

भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, परम्परागत गाउँघर र ग्रामीण विद्यालयको परिवेश देखाइएको छ। पढाइको दबाबका कारण बालबालिकाको चाहना, खेलकुद र बालमनोविज्ञानमा पर्ने असरलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

जोन योञ्जन निर्देशित चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ। चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।