काठमाडौँ । मोडल अस्मिता पुरीले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘साईलो रनभुलमा छ’ बोलको गीतको भिडियो अस्मिताले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । साथै उनले यसैगीतमार्फत आफ्नो औपचारिक युट्युव च्यानल पनि सुरु गरेकी हुन् । यसअघि उनले अन्य कुनैपनि म्युजिक भिडियो आफ्नो युट्युवमा राखेकी थिइनन् । यो गीतसँगै अस्मिता म्युजिक भिडियो निर्माणमा पनि लागेकी हुन् ।
गीतमा लोकप्रिय गायिका शान्तारानी परियार, गायक नन्दु परियारको स्वर छ भने गीतकार नेत्र अर्यालले शब्द लेखेका छन् । गीतमा गायक नन्दुकै संगीत रहेको छ । डान्सिङ गीतमा अस्मितासँगै सुरेश कोहलीले डान्स गरेका छन् । भिडियो मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।





१२ बैशाख २०८३, शनिबार १६:५९ 










