खेम सेन्चुरीको स्वरमा ओबि रायमाझीले ल्याए ‘तिमी पर नहुनु’

...

काठमाडौँ । लोकप्रिय मोडल ओबि रायमाझीले आफ्नो नयाँ गीत ‘तिमी पर नहुनु’ सार्वजनिक गरेका छन् । ओबिले आफ्नै युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा लोकप्रिय गायक खेम सेन्चुरीको स्वर र संगीत छ भने शब्द नेत्र अर्यालले लेखेका छन् ।

गीतलाई मिक्सिङ, एरेन्ज गर्ने काम एचबिएन किस्मतले गरेका हुन् । गीतको भिडियोमा ओबिसँगै अश्विनी शाही र जोन बमको अभिनय रहेको छ । गीतको भिडियोले बिदेश जाने चाहना भएकी युवतीलाई फसाएर कोठीमा बेचेको कथा प्रस्तुत गरिएको छ । पवन सुस्लिङले खिचेको भिडियो बन्देप्रसादले सम्पादन गरेका हुन् ।

मोडल ओबिले यसअघि पनि थुप्र्रै सफल गीत बजारमा ल्याइसकेका छन् । रमरम मरौटी गीतबाट निकै चर्चामा आएका ओबिले दर्जनौं गीतमा मोडलिङ गरिसकेका छन् । उनले मोडलिङ गरेका गीतहरुमा कट्टा हान्दिन्छु, क्याछ खबर लगायतका गीत निकै हिट गीतमा पर्छन् ।