काठमाडौं । कलाकार तथा समाजसेवी माया थामी सम्मानित भएकी छिन् । नेशनल सोइयल वेलफेयर अवार्ड बाट उनलाई सम्मान गरिएको हो । सिजन मिडियाले गएको शुक्रबार आयोजना गरेको अवार्ड समारोहमा मायालाई निरन्तर सामाजिक काममा सक्रिए भएको भन्दै सम्मान गरिएको हो ।
मायासँगै समारोहमा अन्य १७ सामाजिक कार्य गर्ने ब्यक्तित्वहरु सम्मानित भएका थिए ।
सम्मानप्रति प्रतिक्रिया दिँदै थामीले आयोजकप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्। उनले भनेकी छिन्, ‘यो सम्मान केवल एउटा पुरस्कार होइन, मेरो यात्राप्रतिको विश्वास, प्रेरणा र जिम्मेवारीको अनुभूति हो।’





१३ बैशाख २०८३, आईतवार १८:३२ 









