काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’ का सबैभन्दा कान्छा कलाकार अविरल प्रताप अधिकारीले यही फिल्मबाट आफ्नो अभिनय सपना पूरा भएको बताएका छन्। उनी फिल्ममा मात्र होइन, सुटिङ टिमकै सबैभन्दा कान्छा सदस्य थिए।
अविरलले १७ वर्षको उमेरमा पहिलो अडिसन दिएका थिए। तर पाँच वर्षपछि पुनः अडिसन दिएर मात्र फिल्ममा काम गर्ने अवसर पाए।
उनी भन्छन्, “यो फिल्मकै सुटिङका लागि पोखरा जाँदा पहिलो पटक प्लेन चढेको थिएँ। सुटिङ अनुभव पनि निकै स्मरणीय रह्यो।”
चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका नाति तथा कार्यक्रम निर्देशक अमनप्रताप अधिकारीका छोरा अविरलले पारिवारिक विरासत पछ्याउँदै अभिनय क्षेत्रमा पाइला चालेका हुन्।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको एक मुठ्ठी बादल जेठ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा निशा शर्मा, शेखर चापागाईँ, आँचल शर्मा, उषा रजक, मनिष निरौला लगायत कलाकारको अभिनय रहेको छ।





१६ बैशाख २०८३, बुधबार ०९:१४ 










