काठमाडौं । सुरज पौडेल र अनु चौधरीको स्वरमा नयाँ गीत हावा चल्यो सिरिरी सार्वजनिक गरिएको छ । गीतमा शब्द प्रमोद ढुंगानाले लेखेका छन् । मनोज चौलागाईंले संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो ।
गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। जुना पछिल्लो समयकी ब्यस्त मोडल समेत हुन् । मेकअप एकता भण्डारीले गरेकी छन भने सम्पादन सौखिन तिमल्सिनाको रहेको म्युजिक भिडियोका निर्माता निल प्रसाद ईटनि रहेका छन् । गायक सुरज पौडेलको यो १० औं म्युजिक भिडियो हो । भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्बजनिक गरिएको छ ।
भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।





१६ बैशाख २०८३, बुधबार १३:४५ 










