‘गुरु आमा’को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । यहि बैशाख २५ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘गुरु आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बिहीबार) काठमाडौंको न्युरोडस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर प्रेम सोनी सुनार युट्युव च्यानलमा अपलोड गरिएको छ ।

ट्रेलरमा फिल्मको सार देखाइएको छ । एक गुरुको महत्वबारे बुझाइएको छ । फिल्मले एक गुरुले दिने सन्देश र बिद्यार्थीहरुको कथालाई उठाएको छ । फिल्मका यसअघि टिजरसँगै पोस्टर पनि सार्वजनिक भइसकेका छन् । फिल्ममा गुरु आमाको रुपमा मिथिला शर्मालाई देख्न सकिन्छ । फिल्ममा मिथिलासँगै गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु लगायतको अभिनय रहेको छ ।

फिल्मका कथा, निर्देशक र निर्माण प्रेम सोनी सुनारको रहेको छ । फिल्मको रिलिज मिती नजिकिदै गर्दा आफ्नो टिम प्रचारमा निकै ब्यस्त रहेको भन्दै निर्देशक सुनारले आफ्नो टिम उत्साहित रहेको जानकारी दिएका छन् । आर्टिष्ट खबरसँग कुरागर्दै निर्देशक सुनार भन्छन्, ‘यो फिल्मको बिषयवस्तु नै गहन छ । हरेक ब्यक्तिले एकपटक हेर्नुेपर्ने बिषय र कथा छ । एक गुरु, एक बिद्यार्थी अथवा एक अभिभावकले अनिवार्य हेरिदिनुभयो भने जीवनमा धेरैकुराहरु परिवर्तन पक्कै हुन्छन् ।’