सुबिसुले ल्यायो वाईफाई ६ सहित ‘सुरक्षित इन्टरनेट’ सेवा

...

काठमाडौं । सुबिसु इन्टेरनेटले नेपालमै पहिलो पटक वाईफाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गर्दै “सेक्वेयर इन्टरनेट सुबिसु सुरक्षा सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार वाईफाई प्रविधिले उच्च गति, राम्रो कभरेज र एकै समयमा धेरै डिभाइस सहज रूपमा कनेक्ट गर्न सक्ने क्षमता प्रदान गर्छ। साथै, लो–लेटेन्सीमार्फत प्रयोगकर्तालाई निरन्तर र सहज इन्टरनेट अनुभव दिने र डिभाइसको ब्याट्री बचत गर्न समेत सहयोग पुग्ने बताइएको छ।

“सुबिसु सुरक्षा” नाम दिइएको सुरक्षात्मक तहले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम र अनधिकृत पहुँचबाट जोगाउने कम्पनीको दाबी छ। यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित ब्राउजिङको वातावरण सिर्जना गर्ने उल्लेख गरिएको छ।

कम्पनीका उपाध्यक्ष राम कृष्ण परियार ले डिजिटल युगमा तीव्र इन्टरनेटसँगै सुरक्षा पनि उत्तिकै आवश्यक भएको बताउँदै नयाँ सेवामार्फत नेपालमा इन्टरनेटको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखिएको जानकारी दिए।

ग्राहकको आवश्यकता अनुसार कम्पनीले स्मार्ट वाईफाई ६, प्रो वाईफाई ६, ईलाईट वाईफाई ६ गरी तीन प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ।