काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको फिल्म लालीबजार दोस्रो सातामा झन् राम्रो ‘वर्ड अफ माउथ’ पाउँदै दर्शकको साथ बढाइरहेको छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा शो सङ्ख्या र व्यापार दुवै बढेको छ ।
बादी समुदायको पृष्ठभूमिमा आधारित आमा–छोरीको कथाले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आएको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा लगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । दोस्रो सातामा पनि दर्शकको उत्साह बढेसँगै कलाकार टोली अहिले मोफसल भ्रमणमा दर्शकसँग भेटघाट गरिरहेको छ ।





३ जेष्ठ २०८३, आईतवार २०:४९ 










