कान्तिपुर थिएटरमा ‘महाभारत’, मनोज गजुरेलको पहिलो रंगमञ्च डेब्यु

...

काठमाडौं । कान्तिपुर थिएटरलेसेतो धरतीको सफल मञ्चनपछि आजदेखि नयाँ नाटकमहाभारतमञ्चन सुरु गरेको छ । हास्यव्यंग्य कलाकार मनोज गजुरेल पहिलो पटक रंगमञ्चमा देखिन लागेका यस नाटकमा रमेश बुढाथोकी, सुवर्ण थापा, सन्दीप श्रेष्ठलगायत २० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

भारतीय लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण तथा निर्देशन गरेका हुन् । नाटक असार ७ गतेसम्म गैह्रीधारास्थित कान्तिपुर थिएटरमा बुधबार बाहेक दैनिक साँझ ५ः१५ बजे मञ्चन हुनेछ । विद्यार्थीले ३०० रुपैयाँमै नाटक हेर्न पाउने व्यवस्था गरिएको छ ।