क्यालिफोर्नियामा ओस्कार अवार्डको ८९ औं संस्करण हुँदै

फागुन, काठमाडौं । सोमबार बिहान क्यालिफोर्नियास्थित लस एञ्जलसको डल्बी नाट्यघरमा चलचित्र जगतको चर्चित अवार्ड ओस्कारको ८९ औं संस्करण शुरु हुँदैछ । विश्वका १ सय २१ दिनले प्रत्यक्षप्रसारण गर्ने यस अवार्ड नेपाली समय अनुसार बिहान साढे ६ बजेबाट शुरु हुँदैछ ।

विश्व चर्चित हस्तिहरूको उपस्थितिमा सुरु हुने कार्यक्रममा यसपालि म्युजिकल फिल्म ‘ला ला ल्यान्ड’ले प्रभुत्व जमाउने सम्भावना बलियो छ । किनभने यो फिल्मको १४ विद्यामा मनोनयन परेको छ ।  ‘ला ला ल्यान्ड’ ले यसै महिना ब्रिटिश फिल्म अवार्ड्स ‘बाफ्टा’ मा ५ वटा विद्या जितेको थियो । जसमा उत्कृष्ट फिल्म, उत्कृष्ट डाइरेक्टर, उत्कृष्ट अभिनेत्री, सिनेमेटोग्राफी र उत्कृष्ट संगीतको अवार्ड समावेश थिए ।

यसपालि उत्कृष्ट अभिनेत्रीको मनोनयनमा ‘ला ला ल्यान्ड’ कि एमा स्टोनसमेत मेरिल स्ट्रीप पनि छिन् । स्ट्रीपलाई ‘फ्लोरेन्स फोस्टर जेनकिन्स’ का लागि मनोनित गरिएको हो। स्ट्रीप ओस्कारको इतिहासमा २० पल्ट मनोनयनमा पर्ने नायिका हुन्।

उत्कृष्ट निर्देशकको अवार्डमा मेल गिब्सन पहिलो पल्ट मनोनित भएका छन् । ओस्कार अवार्डको विषयमा विवादित बयान दिएर लामो समयदेखि बाहिरिएका गिब्सन ‘ह्याकसा रिज’ को निर्देशक हुन् ।