फिल्म जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने

...

काठमाडौँ । युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो ।

यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार हंङकङको हुङहम वाम्पोको सानविम सिनेमा हलमा ग्राण्ड प्रिमियर हुने जानकारी दिइएको थियो । ताप्लेजुङको निगुरादेन आसपासका रमणीय लोकेशनमा छायांकन गरिएको ‘जोरढुंगा’ अंग्रेजी सबटाईटल र स्थानीय संवादसहित लिम्बु पृष्ठभूमिमा निर्माण गरिएको हो ।

वाई के फिल्मस्‌को ब्यानरमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको फिल्ममा हङकङका रमेश लिम्बु, रोमन लावती र योगेश लामा निर्माता तथा अमेरिका निवासीका ह्यारी योञ्जन कार्यकरी निर्माता हुन् ।

फिल्ममा प्रतीक थेबे लिम्बु, मौसम ईम्बुङ ९फुलेन्देको बाउ०, पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिदार्थ लिम्बु, बिष्णु राई, मदनकुमारी पोमु लिम्बूको मुख्य भुमिका रहेको छ । सुरेन्द्र रानाको गीत र संवाद लेखन रहेको सिनेमाको निर्माण नियन्त्रक अनिल थोप्रा हुन् ।

अनिल कुमार महर्जनले सम्पादन गरेको फिल्मलाई मोहन कुमार झिल्लुले खिचेका हुन् । फिल्ममा दिनेश माङमुको प्रोडक्सन डिजाइन, निश्चल कुलुङको कला निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, जानु आलेको मेकअप र महेश्वर सम्बाहाङफेको मुख्य सहायक निर्देशन छ ।