‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को ‘सलल कर्णाली’ सार्वजनिक

...

काठमाडौँ । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ । आज (शुक्रबार) काठमाडौंमा रहेको एप्रिकस क्याफेमा एक कार्यक्रमका बिच गीतको भिडियो सार्वजनिक गरियो । भिडियोका लागी सहयोगी संस्था गाउँबेशी लोजिस्टिकको आयोजनामा सम्पन्न कार्यक्रममा भिडियोको निर्माण टिम र कलाकार टिमको उपस्थिती थियो ।

गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलको आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो ।

गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् ।

गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।