ओस्कार अवार्डमा आमे पुरीलाई श्रद्धाञ्जली

फागुन, काठमाडौं । गएको जनवरीमा मृत्यु भएका भारतीय चर्चित अभिनेता ओम पुरीलाई ८९ औं ओस्कार अवार्ड समारोहमा श्रद्धाञ्जली अर्पण गरीएको छ । उनीलगायत गत वर्ष दिवंगत भएका सम्पूर्ण हलिउड स्टारहरुलाई समारोहमा गायिका तथा गीतकार सारा भरेइलेसले भावपूर्ण सांगीतिक श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

भारतको नेसनल स्कुल अफ ड्रामाका छात्र रहेका ओम पुरीले रिचर्ड एटेनबरोको फिल्म ‘गान्धी’मार्फत अन्तर्रा्ष्ट्रिय सिनेमामा कदम राखेका थिए । त्यसपछि उनले ‘इस्ट इज इस्ट’, ‘माय सल द फ्यानेटिक’ र ‘द पेरोल अफिसर’लगायत फिल्ममा काम गरेर अन्तर्रा्ष्ट्रिय सिनेमामा ख्याति कमाएका थिए । ब्रिटिश फिल्म उद्योगमा सेवा गरेबापत पद्मश्री पुरस्कार विजेता ओम पुरीलाई ‘अर्डर अफ द ब्रिटिश एम्पायर’ सम्मानसमेत दिइएको थियो ।

पुरीले ‘इस्ट इज इस्ट’, ‘गान्धी’, ‘सिटी अफ जोए’, ‘वुल्फ’जस्ता फिल्ममा अभिनय गरेका छन् ।