काठमाडौँ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। फिल्मको प्रदर्शनको समय नजिकिदै गर्दा निर्माण टिमले प्रमोसन स्वरुप टिजर रिलिज गरेको हो। एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा विरुद्धको कता प्रस्तुत गरिएको छ। घरकी छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको छ। एक बालिकालाई गोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने दर्दनाक घटनालाई पर्दामा उतारिएको देख्न सकिन्छ। जसको विरुद्ध एक पढेलेखेका युवाले समाजलाई नै मुद्धा हालेका छन्। कथा निकै पुरानो जस्तो लागेता पनि नेपालमा भइरहेको एक वास्तविक घटनालाई टिजरमा देख्न सकिन्छ। अन्य के कस्ता कुराहरु रहेका छन्,त्यसको बारेमा दर्शकले फिल्म रिलिजको समय कुर्नै पर्ने हुन्छ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो फिल्ममा निर्देशक आफै मुख्य भुमिकामा देखिएका छन्। फिल्ममा ओमप्रतिकका अलवा सरोज खनाल,प्रमोद दीप,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय देख्न सकिने छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको यसमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको हुन्। एक महिनाअघि निर्माण पक्षले विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत रिलिज गरिएको थियो। जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको चर्चासँगै यतिबेला दर्शकको चासो यस फिल्मप्रति बढेको देखिन्छ। यस फिल्ममा कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् भने केहि गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त गरेका छन्।
यस फिल्मको कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डारी,लाइन प्रोड्यूसर लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। साथै सम्पादनमा विपिन मल्लले पनि गरेका हुन्। यस फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। यस फिल्मको प्रमोसनका लागि विदेशमा रहेकी अभिनेत्री सुजता थापा नेपाल आइसकेकी छन्। उनी यस फिल्मप्रति निकै उत्साहित रहेको देखिन्छिन्।





५ असार २०८३, शुक्रबार १६:३१ 










