काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अग्रज अभिनेता धिरेज शाक्य, सुपरहिट नायिका प्रियंका कार्की र मिसेस नेपाल वल्र्ड २०२५ रक्षा पन्तले ले लाजिम्पाट उत्तरढोकामा सन्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस रेस्ट्रोको उद्घाटन समारोहमा रिबन काट्दै उनीहरुले शुभकामना दिएका थिए ।
अभिनेता धिरेनले इन्डियन फुडहरुको बिशेषता सहित प्राइभ लोकेसनमा खुलेको भन्दै रेस्ट्रो एण्ड बारलाई शुभकामना दिएका थिए । साथै नायिका प्रियंकाले आफूले जहिले पनि नेपाली ब्यवसायहरुलाई प्रोत्साहन गर्दै आएको बताइन् । उनले भनेकी छिन्, कसैले नेपालमै केहि गर्छु भन्नुभएको छ भने मेरो मन खुसी हुन्छ, कसैले बोलाउनुभयो भनेपनि मलाई खुसी लाग्छ, आजपनि उहाँहरुलाई शुभकामना दिनका लागी उपस्थित छु ।

करिब साढे दुई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको रेस्ट्रोका सन्चालक राजाराम शर्माले १६टी रेस्ट्रो एण्ड बारमा अन्य रेष्टुरेन्टमा भन्दा फरक स्वादका परिकार पाउनेमा विश्वास दिलाए । आधुनिक शैलीमा सजाइएको रेस्ट्रोले सुरु देखि नै आगन्तुकहरूको ध्यान आकर्षित गरेको छ । आकर्षक इन्टेरियर, आरामदायी बस्ने व्यवस्था, सौम्य प्रकाश संयोजन, पारिवारिक वातावरण तथा उत्कृष्ट आतिथ्य सेवाले यसलाई काठमाडौंको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । शर्माका अनुसार रेष्ट्रोमा नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय स्वादका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्।
“हामीले ग्राहकलाई केवल खाना मात्र होइन, स्वाद, सेवा र वातावरणको उत्कृष्ट संयोजन दिने प्रयास गरेका छौं। परिवार, साथीभाइ र व्यवसायिक भेटघाटका लागि समेत उपयुक्त गन्तव्यका रूपमा १६त् लाई स्थापित गर्ने हाम्रो लक्ष्य हो,” शर्माले भने।

त्यसैगरी मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पारिवारिक तथा मित्रवत वातावरणका कारण १६टी सबै उमेर समूहका लागि आकर्षक गन्तव्य बन्ने उल्लेख गरिन्। उनले गुणस्तरीय सेवा र स्वादिष्ट परिकारमार्फत ग्राहकको मन जित्न सक्ने विश्वास व्यक्त गरिन्।





५ असार २०८३, शुक्रबार १८:१४ 










