ब्युटीसँग सम्बन्धित ज्ञान र पेशागत विकासलाई लक्षित पुस्तक तथा ब्युटी प्रोडक्ट ‘आभा’सार्वजनिक

...

काठमाडौं । ब्युटीसँग सम्बन्धित ज्ञान र पेशागत विकासलाई लक्षित गर्दै तयार गरिएको पुस्तकको औपचारिक विमोचन शनिबार काठमाडौंको शंखमुलस्थित एवान क्याफेमा सम्पन्न भएको छ। पुस्तक विमोचन कार्यक्रमसँगै ब्युटी प्रोडक्ट ‘आभा’ को पनि सार्वजनिक गरिएको छ । कार्यक्रम मायाज् ब्युटि पार्लर तथा ट्रेनिङ सेन्टरले आयोजना गरेको हो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको उक्त पुस्तकलाई ब्युटी क्षेत्रमा देखिएका भ्रम, गलत जानकारी र आधारभूत ज्ञानको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित तयार पारिएको लेखकले जानकारी दिए। व्यवहारिक अनुभवमा आधारित यस पुस्तकले विद्यार्थी, प्रशिक्षार्थी तथा पेशागत रूपमा संलग्न व्यक्तिहरूलाई नैतिक अभ्यास, जिम्मेवार सेवा र दीर्घकालीन करियर विकासमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय नायिका तथा चलचित्र निर्देशक झरना थापा उपस्थित रहिन्। त्यस्तै अतिथि कलाकारहरूमा मोडल पवित्रा साकी (मिस पवि) र अभिनेत्री झरना रिसालको उपस्थिति रहेको थियो।

Jharana Risal and jharana thapa and miss pabi

सोही अवसरमा मायाज् ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरबाट तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार प्रमाणपत्र वितरणले उनीहरूको सीप र पेशागत क्षमताको औपचारिक मान्यता प्रदान गरेको हो।

आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, सहकार्यकर्ता तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।