काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा देशकै पहिलो राष्ट्रिय ब्रिक मेसनरी प्रतियोगिता सम्पन्न भएको छ। सिभिल इन्जिनियरिङ क्लबको ‘सङ्कल्प २६’ अन्तर्गत इको केयर प्राइभेट लिमिटेडको आयोजनामा भएको प्रतियोगितामा देशभरका १२ इन्जिनियरिङ कलेजका विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै प्राध्यापक प्रचण्ड प्रधानले विश्वविद्यालयको इतिहासमै पहिलो पटक यस्तो प्रयोगात्मक प्रतियोगिता आयोजना भएको बताउँदै भविष्यका सिभिल इन्जिनियरका लागि यस्ता अभ्यास आवश्यक रहेको उल्लेख गरे।
इको केयरका संस्थापक अध्यक्ष सीए विनोद श्रेष्ठले प्रतियोगिताले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै उद्योगसँग प्रत्यक्ष अनुभव दिलाउने उद्देश्य राखेको बताए।

कम्पनीले कोइला वा दाउरा प्रयोग नगरी हरित प्रविधिबाट इँटा उत्पादन गर्दै आएको जनाएको छ। यसले वायु प्रदूषण घटाउनुका साथै कोइला आयात प्रतिस्थापन, स्वदेशी उद्योग प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने कम्पनीको दाबी छ।




७ असार २०८३, आईतवार १२:५७ 






