काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले उक्त चलचित्र निर्माण गर्ने तयारी गरेका हुन्। सूत्रका अनुसार चलचित्रको औपचारिक घोषणा आज सोमबार (असार ८, २०८३) हुँदैछ। घोषणा कार्यक्रममा कलाकार तथा प्राविधिक टिमको परिचय पनि सार्वजनिक गरिनेछ।
प्राप्त जानकारीअनुसार चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। मदनकृष्ण श्रेष्ठ नेपाली कला तथा मनोरञ्जन क्षेत्रका अग्रज व्यक्तित्व भएकाले उनको जीवनकथामा आधारित यो चलचित्रप्रति दर्शकको विशेष चासो रहेको छ।
यसअघि बायोपिक चलचित्रहरू निर्देशन गरेर सफलता हासिल गरेका निर्देशक चाम्सबाट यो प्रोजेक्टलाई पनि उच्च अपेक्षाका साथ हेरिएको छ।




८ असार २०८३, सोमबार १२:२३ 






