काठमाडौं । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival (AAFF) 2026’ आयोजना गर्ने घोषणा गरेको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा आगामी अक्टोबरमा हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल (My Nepal, Reimagined)’ रहनेछ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरेका थिए।
महोत्सवमा एनिमेटेड लघु चलचित्र प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछ। साथै, दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्समा आधारित लघु चलचित्रका लागि नेपालसहित विश्वभरका कलाकारबाट आवेदन आह्वान गरिएको आयोजकले जनाएको छ।




८ असार २०८३, सोमबार १७:१० 






