संजय बन्न ट्याटु खोपाउदै रणवीर

...

<p><b>फागुन, काठमाडौं ।</b> बलिउडका कलाकारहरु सिनेमाको कथा अनुसार आफुलाई परिवर्तन गर्छन् । सिनेमाको कथाले कस्तो खालको भुमिका मागेको छ त्यस्तै गेटअपमा आफुलाई ढाल्छन् । आफ्नो तौल घटाउने, हाउभाउ परिवर्तन गर्ने लगायतका कुरा त हामीले सुनेका छौ । तर बलिउडका चर्चित अभिनेता रणवीर कपुरले एक सिनेमाका लागी आफ्नो शरीरमा ट्याटुनै खोपाउने भएका छन् ।&nbsp;</p><p>अभिनेता रणवीर कपूरले संजय दत्तको बायोपिकको लागि अहिले निकै मेहनत गरिरहेका छन् । यसै सिनेमाका लागी उनले आफ्नो १३ किलो तौल समेत घटाईसकेका छन् । संजय जस्तै देखिनका लागी उनले तौल मात्र होर्यन् आफ्नो कपा समेत बढाएका छन् । कथा बस्तु र स्क्रिप्टले मागेको भन्दै उनि आफ्नो आवाज समेत बदल्ने कसरत गदैछन् । संजय जस्तै बन्नका लागी उनले अहिले शरीरमा ट्याटु समेत खोपाउन लागेका छन् । संजयको जस्तै र संजयले खोपाएकै ठाउमा उनले ट्याटु खोपाउने बताईएको छ । राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको यो सिनेमा अहिले छांयाकनमा ब्यस्त छ । &nbsp;एजेन्सी ।</p><div><br></div>