‘कर्मा’पछि अनिल बुढाथोकी ‘बा : एक योद्धा’मा, भदौ १९ मा रिलिज

...

काठमाडौं । चलचित्रबा : एक योद्धामा अभिनेता अनिल बुढाथोकी पनि मुख्य भूमिकामा रहने भएका छन्। निर्माण टिमले कलाकार सार्वजनिक गर्ने क्रममै अनिलको नाम सार्वजनिक गरेको हो।

चलचित्रकर्माबाट डेब्यू गरेका अनिलले पहिलो फिल्ममै अभिनयबाट प्रशंसा बटुलेका थिए। यद्यपि, फिल्मले बक्सअफिसमा अपेक्षित सफलता नपाउँदा उनको अभिनय धेरै दर्शकमाझ पुग्न सकेन। उनलेकर्मामा विपिन कार्कीपछि दोस्रो मुख्य भूमिका निभाएका थिए।

अनिललेबा : एक योद्धाआफ्नो दोस्रो चलचित्र भएकाले पहिलो फिल्मका कमजोरी सुधार गर्दै अझ राम्रो काम गर्ने प्रयास गरेको बताएका छन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेकोबा : एक योद्धाभदौ १९ गते, कुशे औँसीको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ। बुवाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा अनिलसँगै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि मुख्य भूमिका रहेको छ।