काठमान्डौमा पहिलोपटक अन्र्तराष्ट्रिय मिस प्रतियोगीता हुने

फागुन, काठमाडौं । मयुर हिमालयन प्रालिले आउदो चैत ७ गते देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता को आयोजना गर्ने भएको छ । नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको भनिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायत लगायतका २५ देशका एक÷एकजना सहभागीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

संस्थाले बुधबार पत्रकारसम्मेलन गदै प्रतियोगीताका बारेमा जानकारी दिएको हो । उत्त पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको भेसभूषा तथा संस्कृतिलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउनका लागी यो प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिईन् । उनले बताए अनुसार सहभागी युवतीले अन्तराष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन्, जसले सबैमा अन्य देशको जानकारीका साथै नेपाललाई बिश्वसामु चिनाउन सहयोग मिल्नेछ । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभा लगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । देशमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको आयोजक संस्थाले नेपालमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको बताएको छ ।