‘हन्टर’को दमदार फेस-अफ पोस्टर सार्वजनिक, असोज ९ मा ‘हन्टर’ र ‘सिकार’को खेल सुरु हुने

...

काठमाडौं । एक्सन र प्रतिशोधको कथामा आधारित चलचित्रहन्टरले प्रदर्शन मिति घोषणा गर्दै दमदारफेसअफपोस्टर सार्वजनिक गरेको छ। जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभर प्रदर्शनमा आउनेछ।

निर्देशकका रूपमा जीवन सिंहको यो पहिलो चलचित्र हो। सार्वजनिक पोस्टरमा अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने उभिएका छन्। प्रकाशको आँखामा देखिएको आक्रोश र अरुणको अनुहारमा झल्किएको प्रतिशोधले दुई पात्रबीच जीवनमरणको टक्कर हुने संकेत गर्छ। पोस्टरलेहन्टरसिकारबीचको घातक खेल नै चलचित्रको मुख्य केन्द्र रहेको आभास दिएको छ।

तर पोस्टरको अर्को पाटो भने बिल्कुलै फरक छ। अरुण क्षेत्री र सुप्रज्ञा शर्मा रोमान्टिक मुडमा देखिएका छन्, जसले चलचित्रमा सशक्त प्रेमकथाले पनि उत्तिकै स्थान पाएको संकेत गर्छ। यही प्रेम नै पछि ठूलो द्वन्द्वको कारण बन्ने अनुमान गर्न सकिन्छ।

निर्देशक सिंहका अनुसारहन्टरको कथा काल्पनिक नभई समाजका वास्तविक पात्र र घटनाबाट प्रभावित छ।

ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको चलचित्रमा ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता छन् भने मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल सहनिर्माता हुन्। रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह, सुप्रज्ञा शर्मासँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल र लालबहादुर थापा लगायतको अभिनय छ।

जीवन सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत रहेको छ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेकोहन्टरलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।